काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) २ को २४ औं खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई १७० रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेकाे सुदूरपश्चिम निर्धारित २० ओभरमा ४ विकेट गुमाएर सुदूरपश्चिमले १६९ रन जोड्यो ।
सुदूरपश्चिमका लागि ओपनर क्रिस लिनले सर्वाधिक ७५ रन जोडे । कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान २४, विनोद भण्डारीले २१ र पुनित मेहराले १३ रन बनाए ।
चितवनका लागि सैब जैबले दुई, रञ्जित कुमार र जर्ज स्क्रिमसोले समा एक(एक विकेट लिए ।




प्रतिक्रिया