सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आजबाट

सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आजबाट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदैछ । नेपाली कांग्रेस र नेकपा एमालेका बहुमत प्रदेश सभा सदस्यहरुले माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाको विशेष अधिवेशन आह्वान गर्न पत्राचार गरेका थिए ।

प्रदेश प्रमुखको आह्वानअनुसार मंगलबार दिउँसो २ बजे विशेष अधिवेशनको पहिलो बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची तय गरिएको सचिव बोगटीले जानकारी दिए ।

सभामुख भीमबहादुर भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठकमा विशेष अधिवेशनबारे छलफल भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारको नेतृत्वकर्ता दल नेकपा एकीकृत समाजवादी भने सहभागी थिएन ।

संघमा राजनीतिक समीकरण फेरिएर कांग्रेस–एमालेको गठबन्धन बनेपछि सुदूरपश्चिममा २० असारमा एकीकृत समाजवादीका मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारबाट बाहिरिएको थियो ।

एमाले बाहिरिएसँगै अल्पमतमा परेका सोडारीले चालु आर्थिक वर्ष २०८१÷८२ का लागि ल्याएको बजेट प्रदेश सभाबाट पारित गराउन नसकेपछि प्रदेश बजेट शून्यतामा गएको छ ।

सरकारले २९ असारमा प्रदेश सभाको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो तर प्रदेश प्रमुखले पाँच दिनपछि ३ साउनमा अधिवेशन आह्वानसम्बन्धी सिफारिस कार्यान्वन गरेका थिए भने भोलिपल्ट नै विशेष अधिवेशन आह्वान गरेका थिए ।