सुदूरपश्चिममा प्रतिपक्षी बिनाको बैठकमा आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता पेस

सुदूरपश्चिममा प्रतिपक्षी बिनाको बैठकमा आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता पेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आइतबारदेखि सुरू भएको छ। प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस उपस्थित थिएन। प्रमुख प्रतिपक्षीको अनुपस्थितिमै सभामुख भण्डारीले संसद बैठक अघि बढाएका थिए।

आइतबार सुरू भएको चौथो अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुख नजिर मियाँबाट अधिवेशन आह्वान गरेको पत्र सभामुख भीमबहादुर भण्डारीले सभामा पढेर सुनाएका थिए।

बैठकमा नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरू उपस्थित भए पनि अन्य प्रदेश सभा सदस्यहरू भने उपस्थित थिएनन्।

सभामुख भण्डारीले सभा सञ्चालन गर्दा दलको छाया देखिएको भन्दै कांग्रेसले बैठक बहिस्कार गरेको कांग्रेस संसदीय दलका नेता कम शाहले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी बिनाको बैठकमा बैठकमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता सभामा गरेका छन् ।

प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेस गरेकी छन् । त्यस्तै उनले प्रदेश निजामती ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयकलाई विधायन तथा प्रदेश मामिला समितिमा पठाउन प्रस्ताव पेस गरेकी थिइन्।