सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा माओवादीका भण्डारी निर्वाचित

सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा माओवादीका भण्डारी निर्वाचित


काठमाण्डु- सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा भीमबहादुर भण्डारी निर्वाचित भएका छन्। नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य भण्डारी मंगलबार प्रदेशसभाको सभामुख पदमा निर्वाचित भएका हुन्।

सभामुख चयनका लागि मंगलबार प्रदेश सभा बैठकमा भएको मत विभाजनमा भण्डारीले २९ मत प्राप्त गरे । सभामुखका अर्का उम्मेदवार कांग्रेसका मानबहादुर रावलको पक्षमा २० मतमात्रै खस्यो । सभामुखको निर्वाचनमा ५२ जना सहभागि थिए ।