बाजुरा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प, भारतको दिल्लीसम्म धक्का महसुस


काठमाण्डु- मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस गरिएको छ। भूकम्पको धक्काले केही जिल्लाहरुको घरमा क्षति पुगेको छ । उक्त भूकम्पको धक्का भारतको दिल्लीसम्म महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

दिल्लीमा करिब ३० सेकेन्डसम्म धक्का महसुस गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement