सुदूरपश्चिम प्रदेश: बजेट पास गर्न सहयोग नगर्ने सत्तारुढ तीन दलको निर्णय

सुदूरपश्चिम प्रदेश: बजेट पास गर्न सहयोग नगर्ने सत्तारुढ तीन दलको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सुदूरपश्चिममा सत्तारुढमा आवद्ध तीन दलले यथास्थितिमा बजेट पारित गर्न नसक्ने निर्णय गरेका छन् । सोमबार कांग्रेस बाहेकका तीन सत्तारुढ दलले यथास्थितिमा बजेट पारित गर्न नसक्ने निर्णय गरेका हुन् ।

सोमबार नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको कार्यालयमा बसेको नाउपा, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका संसदीय दलको संयुक्त बैठक बसेको थियो । उक्त बैठकले प्रदेश सरकारले बजेट संशोधन नगरेमा यथास्थितिमा पारित गर्न नसकिने निर्णय गरेको हो ।

आफूहरुसँग भएको छलफल र सुझावलाई बेवास्ता गरिएको, प्रदेशसभा सदस्य र जनताको भावना, प्रदेशको आवश्यकता तथा औचित्य विपरीत बजेट आएको तीन दलको निष्कर्ष छ ।