सुदूरपश्चिमका मुख्यमन्त्रीसहित सबै मन्त्री काठमाडौंमा


काठमाण्डु- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको नेतृत्वमा सबै मन्त्रीहरू काठमाण्डु आएका छन् । ५ असोजदेखि चीनको भ्रमणमा जाँदै गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुदूरपश्चिमका महत्त्वपूर्ण दुई माग सम्बोधन गराउन मुख्यमन्त्री शाहसहित सबै मन्त्री काठमाण्डु आएका हुन् ।

जसअनुसार मुख्यमन्त्री शाहसहित आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा,सामाजिक विकास मन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी,आर्थिक मामिला मन्त्री नरेश शाही काठमाण्डु आएका छन् ।

आज साँझ ५ बजे प्रधानमन्त्रीलाई भेटेर सुदूरपश्चिमका दुई महत्त्वपूर्ण बिषय चीन भ्रमणमा समेट्न आग्रह गर्न उनीहरु काठमाण्डु आएका जनाइएको छ । उत्तर दक्षिण जोड्ने दुई नाका सुचारुका लागि चीन सरकारसँग समन्वय गर्न प्रधानमन्त्रीलाई मुख्यमन्त्रीसहितका मन्त्रीहरूले संयुक्त अपिल गर्ने छन् ।

बझाङको उरै भन्ज्याङ हुँदै तिब्बतको ‍(ताक्लाकोट) सीमा नाका र महाकाली कोरिडोर हुँदै पुगिने तिंकर नाकाका बिषय चीन भ्रमणको एजेन्डा नबाउन पनि आग्रह गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement