माओवादीद्धारा सुदूरपश्चिम प्रदेश सरकारको समर्थन फिर्ता

माओवादीद्धारा सुदूरपश्चिम प्रदेश सरकारको समर्थन फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले निर्णय गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । केन्द्रमा बनेको नयाँ समीकरणको असर सुदूरपश्चिममा पनि देखिएको हो। सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन्।

उनले हिजो नै माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री बर्खास्त गरेका थिए। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गरेपछि माओवादीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

माओवादीले समर्थन फिर्ता लिए पनि एकीकृत समाजवादीले साथ दिए कांग्रेस नेतृत्वको सरकार सुरक्षित छ। ५३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेस, एकीकृत, समाजवादी, र नागरिक उन्मुक्तिका सांसद मिले २९ सांसदको समर्थन जुट्नेछ। अब मुख्यमन्त्रीको भविश्य एकीकृत समाजवादीको निर्णयमा भर पर्नेछ।