सुदूरपश्चिममा नयाँ सरकार बनाउन पहल गर्ने माओवादी संसदीय दलको निर्णय

सुदूरपश्चिममा नयाँ सरकार बनाउन पहल गर्ने माओवादी संसदीय दलको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले नयाँ सत्ता गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ ।

आज बसेको बैठकले केन्द्रमा सत्ता समिकरण फेरिएकाले सुदूरपश्चिममा पनि नयाँ सत्ता गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो ।

संसदीय दलको बैठकमा माओवादी उपमहासचिव तथा प्रदेश इन्चार्ज गिरिराजमणि पोख्रेल, सह इन्चार्ज विना मगर, प्रदेश अध्यक्ष हरि चौधरी उत्सव सहभागि थिए ।

केन्द्रमा सत्ता समिकरण फेरिएसँगै माओवादी र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ । त्यसैले माओवादीले सुदूरपश्चिममा एमालेसहितको सरकार बनाउने निर्णय गरेको छ ।