सुदुरपश्चिममा माओवादीको सरकार जोगियो, मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

सुदुरपश्चिममा माओवादीको सरकार जोगियो, मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् ।

आज प्रदेशसभामा भएको मतदानमा नेकपा एमालेको माधवकुमार नेपाल समूहका १८ जना प्रदेशसभा सदस्यको साथमा मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गरेका हुन् । उनले ३० मत प्राप्त गरेका हुन् ।

मतदानमा सरकारको पक्षमा ३० मत र विपक्षमा ९ भोटमात्रै परेको थियो । एमालेको ओली पक्षका ७ जना र जनता समाजवादी पार्टीका दुईजनाले सरकारको विपक्षमा भोट हालेका थिए । कांग्रेसले भने मतदानमा भाग लिएन ।

बैठकमा ५१ जना सांसद उपस्थित भएका थिए । उनीहरूमध्ये १२ जना मतदानमा सहभागी नभएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।

सुदूरपश्चिम सरकारलाई समर्थन गर्ने सवालमा एमाले संसदीय दल विभाजित भएको थियो ।