सुदूरपश्चिम : १६ निर्वाचन क्षेत्रमा २१० उम्मेदवार

सुदूरपश्चिम : १६ निर्वाचन क्षेत्रमा २१० उम्मेदवार


काठमाण्डु – प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा २१० जना चुनावी मैदानमा उत्रेका छन् ।

१६ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २१० जनाले मनोनयन दर्ता गरेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ५ निर्वाचन क्षेत्र रहेको कैलालीमा सबैभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। कैलाली–१ मा १९ जना, कैलाली–२ मा १६, कैलाली–३ मा ११, कैलाली–४ मा १६ र कैलाली–५ मा १६ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

त्यसैगरी कञ्चनपुर–१ मा १९ जना, कञ्चनपुर–२ मा १९ र कञ्चनपुर–३ मा १७ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। अछाम–१ मा ८ र अछाम–२ मा ९ जनाले मनोनयन दर्ता गरेका छन्।

डोटीमा ९, बाजुरामा ८, बझाङमा ७, बैतडीमा १२, दार्चुलामा ११ र डडेल्धुरामा १३ जनाले मनोनयन दर्ता गराएका छन्।
सुदूरपश्चिममा १७ लाख १६ हजार ६६० मतदाता छन् ।