सुदूरपश्चिममा टर्‍यो मुख्यमन्त्रीको संकट, मन्त्रिपरिषद पुनर्गठन गरिने

सुदूरपश्चिममा टर्‍यो मुख्यमन्त्रीको संकट, मन्त्रिपरिषद पुनर्गठन गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले निरन्तरता पाएसँगै उनले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन् । कांग्रेस संसदीय दलको नेताबाट उनलाई हटाउन सक्रिय पक्षले दुई मन्त्री र एक राज्यमन्त्री पाउने भएपछि मन्त्रिपरिषद् पुनर्गठन गरिन लागिएको हो ।

मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गरेका ८ जनासँग भएको सहमतिअनुसार सरकार पुनर्गठनको तयारी गरिएको हो ।

मुख्यमन्त्रीको तर्फबाट प्रमुख सचेतक विक्रम धामी, बहादुरसिंह थापा र प्रकाश बमले असन्तुष्ट पक्षसँग वार्ता गरेका थिए । वार्तामा असन्तुष्ट पक्षले दुई मन्त्री र एक राज्यमन्त्रीमा सहमति गरेको छ ।

अहिले सुदूरपश्चिममा कांग्रेसले मुख्यमन्त्रीसहित तीन मन्त्री र दुई राज्यमन्त्री पाएको छ । अहिलेको सहमतिअनुसार असन्तुष्ट पक्षले दुई मन्त्री र एक राज्यमन्त्री पाउने भएका छन् भने मुख्यमन्त्रीसहित एक मन्त्री र एक राज्यमन्त्री अहिलेको सत्ता पक्षकै रहनेछन् ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकार छ तर पार्टीक असन्तुष्ट पक्षले संसदीय दलको नेता परिवर्तनका लागि जेठ ८ गते ९ जनाले हस्ताक्षर गरेका थिए