काठमाण्डु– नेकपा एमालेको माधव नेपाल समूहले सुदूरपश्चिमका जिल्लामा समानान्तर कमिटी गठन गरेको छ । भीम रावलको संयोजकमा नेपाल समूहले सुदुरपश्चिमका ९ जिल्लामा समानान्तर जिल्ला कमिटी गठन गरेको हो ।
केहिदिनअघि प्रदेश कमिटी बैठकले गरेका निर्णयहरुबारे आज पत्रकार सम्मेलन गर्दै संयोजक रावलले जानकारी दिएका छन् ।
नेपाल समूहले कञ्चनपुर जिल्ला कमिटीमा अध्यक्ष तारा लामा, उपाध्यक्ष जीवन राज थापा, सचिव रणबहादुर महरा, उपसचिव रविन्द्र कुँवर, कार्यालय सचिव मोहनसिंह रावललाई नियुक्त गरेको छ ।
त्यस्तै बाजुरा जिल्ला कमिटी अध्यक्षमा गगनबहादुर रावल चयन गरेका छन् । उपाध्यक्ष जिल्ला कमिटीले चयन गर्ने बताइएकोछ । सचिवमा पुरबहादुर राउत, उपसचिव निरबहादुर शाही बनेका छन् ।
बैतडी जिल्ला कमिटीको अध्यक्षमा महादेव भट्ट, उपाध्यक्षमा कृष्ण साउद, सचिव हर्कबहादुर धानुक, उपसचिवमा गौरीदत्त भट्ट चयन भएकी छन् ।
अछाम जिल्ला कमिटी अध्यक्षमा शेरबहादुर कुँवर, उपाध्यक्ष नन्दबहादुर कडायत, सचिव, उपसचिव र कार्यालय सचिवको चयन जिल्ला कमिटीको बैठकले गर्ने विज्ञप्तीमार्फत् बताइएको छ । कैलाली जिल्ला कमिटी अध्यक्ष दीर्घ बहादुर सोडारी चयन भएका छन् ।
डडेलधुरा जिल्ला कमिटीः अध्यक्ष डा.तारा जोशी, उपाध्यक्ष वीरेन्द्रबहादुर बस्नेत, सचिव धनबहादुर साउद, उपसचिव शकुन्तला नगरकोटी र कार्यालय सचिव जिल्ला कमिटीले तय गर्ने बताइएको छ । डोटी जिल्ला कमिटीको अध्यक्षमा चक्रबहादुर मल्ल, उपाध्यक्ष दुर्गा प्रसाद ओझा बनेका छन् ।
सचिव जिल्ला कमिटीको बैठकले चयन गर्ने विज्ञप्तीमा उल्लेख छ । कमिटीको उपसचिवमा मञ्जु मलासी, कार्यालय सचिव खड्कबहादुर कठायतलाई चयन गरिएको छ । बझाङ जिल्ला अध्यक्षमा दीलबहादुर सिंह, उपाध्यक्ष इन्द्रबहादुर भण्डारी, सचिव दमनबहादुर भण्डारी, उपसचिव धनबहादुर बोहरा, कार्यालय सचिव सुरतबहादुर सिंह चुनिएका छन् ।
सुदूरपश्चिम प्रदेश अन्तर्गत ९ वटै जिल्लामा जनसंगठन र पेशागत संगठनका प्रदेश र जिल्ला कमिटीको पुनर्गठन गर्ने निर्णय प्रदेश गरेको छ । यसो गर्दा समावेशी सिद्धान्तलाई अवलम्बन गर्ने निर्णय गरिएको विज्ञप्तीमा भनिएको छ ।





प्रतिक्रिया