एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बस्दै

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बस्दैछ ।

सोमबार स्थायी कमिटीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र एमालेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेपछि प्रदेशको आकस्मिक रुपमा दलको बैठक बोलाइएको हो ।

साढे १० बजेबाट सुरु हुने बैठकमा स्थायी कमिटीको निर्णय बारे छलफल हुने प्रदेशसभा सदस्य कृष्ण राज सुवेदीले बताए । उनले भने ‘स्थायी कमिटीले गरेको निर्णयबारे छलफल हुदै छ , माननियहरु आउने क्रम जारी छ ।’

प्रदेश सभामा एमालेको तर्फबाट कुल २५ जना प्रदेश सभा सदस्यमध्ये नेपाल समूहका १८ जना र ओली समूहका ७ जना छन् ।

बहुमत प्रदेश सभा सदस्यले समर्थन गरेमा मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकार कायमै रहनेछ । तर, पार्टीको निर्देशन पालन नगरेमा प्रदेश सभा सदस्यहरुलाई कारबाही गर्ने चेतावनी एमालेको अर्को पक्षले दिँदै आएको छ ।