कोरोना कहरमा सुदूरपश्चिम सरकार कार्यकर्ता पोस्न केन्द्रीत, मन्दिर र भ्यूटावर बनाउन ७ करोड ४० लाख बजेट

कोरोना कहरमा सुदूरपश्चिम सरकार कार्यकर्ता पोस्न केन्द्रीत, मन्दिर र भ्यूटावर बनाउन ७ करोड ४० लाख बजेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नागरिक उपचार नपाएर मृत्युवरण गर्नु परिरहेको अवस्थामा सुदूरपश्चिम प्रदेश सरकार कार्यकर्ता मूखी योजना बाँड्न केन्द्रीत भएको छ ।

पछिल्लो समय कोरोना संक्रमितले अस्पतालमा बेड, अक्सिजन, भेन्टिलेटर नपाएर मृत्युवरण गर्नु परिरहेको अवस्थामा प्रदेशको उद्योग, वन वातावरण तथा पर्यटन मन्त्रालयले मन्दिर, भ्यूटावर, पार्क र पदमार्ग निर्माणका लागि ७ करोड ४० लाख रुपैयाँ बजेट रकमान्तर गरेको हो ।

उद्योग तथा पर्यटन मन्त्री माया भट्टले कार्यकर्ता पोस्नेगरी बजेट रकमान्तर गरेको भन्दै स्वंय मन्त्रालयका कर्मचारीहरुले असन्तुष्टी जनाएका छन् ।

गत बैशाख १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले उद्योग वन वातावरण तथा पर्यटन मन्त्रालयको रकमान्तरको प्रस्ताव पारित गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले नै उद्योग मन्त्रालयको उक्त प्रस्ताव स्वीकृत गरिदिएका हुन् ।

मन्त्रालयले कञ्चनपुर, डडेल्धुरा बैतडी र दार्चुलामा मन्दिर, भ्यूटावर, पार्क र पदमार्ग निर्माणका लागि ७ करोड ४० लाख रकम रकमान्तर गरिएको छ ।

जसअनुसार कञ्चनपुर पुर्नवासमा भानु पार्कमा भौतिक संरचना तयार गर्न २० लाख, गोविन्द गौतक पार्क सौन्दर्यीकरण गर्न १० लाख, दोधराचादनी पुल सौन्दर्यीकरण गर्न १० लाख माग गरिएको छ ।

त्यस्तै श्री निवास बिद्याधाम पूर्वाधार विकासमा २० लाख, कृष्णपुरमा सिस्ने क्षेत्र हेर्ने भ्यूटावर निर्माण गर्न १५ लाख, महाकाली नगरपालिका ७ मा अतिथि गृह निर्माण गर्न १५ लाख, वैद्यनाथ धाममा ज्येष्ठ नागरिक विश्राम गृहका लागि १० लाख, लिङ्गा पर्यटकीय पूर्वाधारमा १० लाख रकम माग गरिएको छ ।