काठमाण्डु- कैलालीको गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै सुदूरपश्चिम प्रदेशमा आमहड्ताल गरिएको छ । आज शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिले आमहड्तालको घोषणा गरेको हो ।
आमहड्तालमा यातायात व्यवसायी, राजनीतिक दल, व्यापारीहरूले ऐक्यबद्धता जनाएका छन्। आमहड्ताल बिहान ८ देखि साँझ ६ बजेसम्म रहने जनाइएको छ । गत माघ २९ मा सरकारले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निणर्य गरेपनि अगामी आर्थिक वर्षको बजेटमा भने शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेको छ ।




प्रतिक्रिया