२४ वर्षपछि सुदूरपहाडी जिल्लामा वायुसेवाको उडान सुरु

२४ वर्षपछि सुदूरपहाडी जिल्लामा वायुसेवाको उडान सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल वायुसेवा निगमको २०५४ सालपछि रोकिएको सुदूरपश्चिमका पहाडी जिल्लामा धनगढीबाट पुन: उडान सञ्चालन भएको छ । निगमले करिब २४ वर्षपछि धनगढीबाट नेपाल एयरलाइन्सको जहाजबाट उडान सुरु गरेको हो ।

नेपाल एयरलाइन्सले धनगढी, टिकापुर, महेन्द्रनगरबाट पहाडी जिल्लामा उडान गर्दै आए पनि २०५४ सालपछि रोकिएको थियो । बाजुरा अछाममा पनि चाँडै उडान शुरु हुने निगमले जनाएको छ ।

त्यसैगरी निगमले हवाई सेवा सञ्चालनका लागि भाडादर पनि तोकेको छ । धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टका अनुसार धनगढीबाट डोटी दुई हजार ६१५ र डोटीबाट धनगढी दुई हजार ५१५, धनगढीबाट बझाङ रु तीन हजार ९९५ र बझाङबाट धनगढी रु तीन हजार ८९५ हवाई भाडादर तोकिएको छ । सो उडान सुरु भएसँगै पहाडी जिल्लावासीहरुले निकै  खुसी भएको बताएका छन् ।