सुदूरपश्चिममा पहिरोले पुरेर ३ जनाको मृत्यु, २ घाइते

सुदूरपश्चिममा पहिरोले पुरेर ३ जनाको मृत्यु, २ घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिम प्रदेशमा पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने २ घाइते भएका छन् । लगातार परेको भारी वर्षाका कारण डोटीको सायल गाउँपालिका–६ मेल्लेख बस्ने वीरबहादुर कुन्जेडाको घर भत्कन गई २ जनाको च्यापिएर मृत्यु भएको हाे ।

ईलाका प्रहरी कार्यालय आदर्श डोटीका अनुसार मृतकको शव निकालिएको छ । यता डडेल्धुरामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका -१ भात्काँडामा पहिरोमा परी ३२ वर्षीय विष्णु अवस्थीको ज्यान गएको हो ।

प्रदेश प्रहरीका कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दका अनुसार डडेल्धुराको अमरगढी नगरपालिका- १ मा गएको पहिरोमा परी घाइते भएको अरू २ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । लगातार परेको भारी वर्षाका कारण सुदूरपश्चिमका डोटी डडेलधुरा र कञ्चनपुर बढी प्रभावित भएका छन् ।