एमाले सुदूरपश्चिमको यस्तो बन्यो प्रदेश कमिटी, कसलाई के जिम्मेवारी ?

एमाले सुदूरपश्चिमको यस्तो बन्यो प्रदेश कमिटी, कसलाई के जिम्मेवारी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिम प्रदेशमा (नेकपा एमाले) ले नेताहरुको कार्य विभाजन गरेको छ । १०औं राष्ट्रिय महाधिवेशनबाट पार्टीको नयाँ कार्यसमिति चुनिएपछि कार्यविभाजन गरिएको हो ।

एमाले सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा एमालेका सचिव लेखराज भट्टले जिम्मेवारी पाएका छन्। लिलाकुमारी भण्डारी, कर्णबहादुर थापा, राजेन्द्रसिंह रावल र गणेशसिंह ठगुन्नाले भने सह-इञ्चार्जको जिम्मेवारी पाएका छन् । ठगुन्नाले दार्चुला जिल्ला इञ्चार्जको जिम्मेवारी पनि पाएका छन् ।

त्यसैगरी एमाले सुदूरपश्चिमको अध्यक्षमा दामोदर भण्डारी, उपाध्यक्षमा कमल तिमल्सिना, सचिवमा धर्मराज पाठक, उपसचिवमा बलदेव रेग्मी र भागरथी विष्ट तोकिएका छन्। डोटी जिल्ला इञ्चार्जमा गौरीकुमारी ओली, कञ्चनपुरमा निरुदेवी पाल, अछाममा झपटबहादुर बोहरा, डडेल्धुरा इञ्चार्जमा पठानसिंह बोहरा, बैतडीमा पुरनसिंह दयाल, बझाङमा भैरवबहादुर सिंह, बाजुरामा लालबहादुर थापा र कैलालीमा नारदमुनी रानाले इञ्चार्जको जिम्मेवारी पाएका छन् ।

यस्तै‚ बझाङ जिल्लाको सह—इञ्चार्जमा अफिलाल ओखडा, ऐनबहादुर महर र आशाकुमारी विक, कञ्चनपुर जिल्लाको सह-इञ्चार्जमा इन्दु कडरिया, कृपाराम राना, नरबहादुर धामी र कमला बोहराले जिम्मेवारी पाएका छन् ।

यता कैलाली जिल्लाको सह-इञ्चार्जमा कमलाकुमारी ओली, सन्तोष शर्मा र गौरीशंकर चौधरी, बाजुरा जिल्लाको सह-इञ्चार्जमा दयालबहादुर शाही, सहदेव बोगटी, प्रकाशबहादुर शाह, अछाम सह-इञ्चार्जमा यज्ञ बोगटी र बैतडी सह-इञ्चार्जको जिम्मेवारी लिलाधर भट्टलाई दिइएको छ ।