काठमाण्डु – सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा मतगणना जारी छ । कञ्चनपुरका तीन वटा क्षेत्र र कैलालीका दुई वटा क्षेत्रमा मतगणना भइरहँदा रास्वपा०का उम्मेदवार अघि छन् ।
कञ्चनपुरका सबै क्षेत्रमा रास्वपा नै अगाडि छन् । कैलालीका दुईमध्ये एक एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता छ ।
कञ्चनपुर–३ मा ज्ञानेन्द्र सिंह महता, कञ्चनपुर–२ मा दीपक बोहरा र कञ्चनपुर–१ मा जनकसिंह धामीले अग्रता बनाइरहेका छन् ।
कैलाली–१ मा कांग्रेसका जनक चौधरी अघि छन् भने कैलाली क्षेत्र–५ मा रास्वपाका आनन्दबहादुर चन्दले अग्रता बनाइरहेका छन् ।
सुदूरपश्चिम प्रदेशका १६ मध्ये ५ निर्वाचन क्षेत्रमा मतगणना भइरहेका बेला अन्य क्षेत्रमा मतगणनाको तयारी भइरहेको छ ।




प्रतिक्रिया