सुदूरपश्चिमका मन्त्री थापा ६५ वर्षमा बने दुलहा !

सुदूरपश्चिमका मन्त्री थापा ६५ वर्षमा बने दुलहा !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा ६५ वर्षको उमेरमा विवाह गरेका छन् । उनले कञ्चनपुरकी भावना विष्टसँग विवाह गरेका हुन् ।

कांग्रेस नेता थापा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । यसअघिसम्म विवाह नगरी बसेका उनी कञ्चनपुरको सिसैंयाकी भावना विष्टसँग लगनगाँठो कसेका हुन् ।

थापाको जन्म २०१६ चैत १ गते बैतडीको दशरथचन्द नगरपालिकामा भएको थियो । हाल उनी कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा स्थायी बसोबास गर्दै आएका छन् ।

कांग्रेस नेता एनपी साउदले विवाहको शुभकामना दिएका छन् । फेसबुकमा उनले लेखेका छन्, ‘मेरा अनन्य मित्र सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री माननीय बहादुर सिह थापा तथा सुश्री भावना बिष्ट वैवाहिक सम्बन्धमा बाँधिनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु। साथै, नवविवाहित जोडीको सुखद र सफल दाम्पत्य जीवनको मङ्गलमय शुभकामना व्यक्त गर्दछु !’