कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले प्रहरीको लागि खरिद गरेको गाडी आज (बुधबार) हस्तान्तरण गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले गाडी खरिद गरेको झन्डै अढाई महिनापछि आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले प्रदेश प्रहरी नायब महानिरीक्षक (डीआईजी) तारिणिप्रसाद लम्साललाई ९ वटा गाडीको साँचो हस्तान्तरण गरेका हुन् ।
प्रदेश प्रहरीको लागि भनेर खरिद गरिएको गाडी प्रदेश प्रहरी गठन हुन ढिलाई हुने भएपछि ९ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले जानकारी दिए । मन्त्रालयले ३ करोड ३२ लाख ९१ हजारका नौ गाडी खरिद गरेको थियो । प्रतिगाडी ३६ लाख ९९ हजारका दरले खरिद गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको छ ।




प्रतिक्रिया