काठमाडौं – नेपालमा कोरोना भाइरसले महामारीको रुप लिइरहेका बेला सुदुरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीको तलब बढाएको छ । मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीको १६ प्रतिशतका दरले तलब बृद्धि गरेको हो ।
गत फागुन २९ गते बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको तलब ७१ हजार र मन्त्रीको तलब ६३ हजार पुर्याएको हो । यसअघि मुख्यमन्त्रीले ६० हजार ९७०, मन्त्रीले ५४ हजार र राज्यमन्त्रीले ५८ हजार पारिश्रमिक पाउँदै आएका थिए ।
मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७५ को अनुसूची १ संशोधन गरी व्यापक रुपमा सेवासुविधा वृद्धि गरिएको छ ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश सभाका पादाधिकारी तथा प्रदेश सभा सदस्यहरुको पारिश्रमिक पनि वृद्धि गरेको छ । प्रदेशसभा सदस्यहरुको भने १८ प्रतिशतका दरले वृद्धि गरिएको मुख्यमन्त्रीनिकट एक विश्वस्त स्रोतले जानकारी दिएको छ ।
प्रदेश सभामुख, उपसभामुख, विपक्षी दलको नेता, सत्तापक्षका प्रमुख सचेतक र प्रदेशसभा सदस्यहरु सबैको पारिश्रमिक वृद्धि भएको हो ।
कोरोना भाइरसका कराण मानिसहरु भारतबाट आउनेक्रम बढिरहेको अवस्था र लकडाउनले सुदुरपश्चिममा भोकमरीको अवस्थामा सरकारले भने मनलाग्दी पारिश्रमिक बढाएको हो । सुदुरपश्मिच प्रदेशमा पछिल्लो समय भारतबाट नेपालीहरु आउनेक्रम बढिरहेको र कोरोना संक्रमितको संख्या पनि बढिरहेको अवस्थामा सरकारको यो कदमको आलोचना भइरहेको छ ।
पहिलेको तलब वृद्धि भएको तलब
सभामुख ५५ हजार ६४ हजार
उपसभामुख ५१ हजार ५९ हजार
विपक्षी दलका नेता ५१ हजार ५९ हजार पाँच सय
सत्ता पक्षका प्रमुख सचेतक ४९ हजार पाँच सय ५७ हजार पाँच सय
सत्ता पक्षका सचेतक ४९ हजार ५७ हजार पाँच सय
विपक्षी दलका प्रमुख सचेतक ४९ हजार ५७ हजार पाँच सय
प्रदेश सभा सदस्यहरु ४८ हजार ५६ हजार पाँच सय




प्रतिक्रिया