दसैंतिहारमा २० हजार मेट्रिक टन चिनी आयात गर्ने सरकारको निर्णय

दसैंतिहारमा २० हजार मेट्रिक टन चिनी आयात गर्ने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं— दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी २० हजार मेट्रिक टन चिनी आयात गर्ने निर्णय गरेको छ ।

हालैको मन्त्रिपरिषद्को बैठकले चाडबाडको समयमा उपभोक्ताको मागलाई हेरेर चिनीको अभाव हुन नदिन सरकारी कम्पनीमार्फत चिनी आयात गर्ने निर्णय गरेको हो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई १०-१० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार महसुल छुट गरी अयात गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

चाडपर्वको समयमा व्यापारीले चिनीको कृत्रिम अभाव देखाइ मूल्यवृद्धि गर्नसक्ने भन्दै सरकारले बजारमा हस्तक्षेप गर्न सरकारी कम्पनीमार्फत चिनी आयात गरिने उनले बताए।