भारतीय चर्चित टिभी अभिनेत्री बैशालीले गरिन् आत्महत्या


एजेन्सी – भारतीय चर्चित टेलिसिरियलकी अभिनेत्री बैशाली ठक्करले आत्महत्या गरेकी छन् । बैशालीले इंदौरस्थित  आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

उनले टेलिसिरियल ‘ये रिस्ता क्या कहलाता है’ बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । पछि उनी ‘बिग बास’ मा समेत देखिएकी थिइन् ।

उनले प्रेम सम्बन्धका कारण आत्महत्या गरेको हुनसक्ने प्रहरी अधिकारीहरुले बताएका छन् । तेजानी नगर थाना क्षेत्रका  प्रहरीले उनको शवनजिकै सुसाइड नोटसमेत फेला पारेको बताएको छ । यद्यपी उनले सुसाइड गर्नुको यकिन कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement