अनेरास्ववियु अध्यक्ष सुजन कडरियाको राजीनामा स्वीकृत

अनेरास्ववियु अध्यक्ष सुजन कडरियाको राजीनामा स्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जेनजी आन्दोलनमा राजीनामाको घोषणा गरेका अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाको राजीनामा स्वीकृत भएको छ ।

नेपाल कमर्श क्याम्पसमा सोमबार बसेको अनेरास्ववियुपदाधिकारी बैठकले कडरियाको राजीनामा स्वीकृत गरेको हो ।

यस्तै बैठकले महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय समेत गरेको छ ।

जेनजी आन्दोलनमा प्रहरीको गोलीबाट १९ विद्यार्थीको मृत्यु भएपछि कडरियाले सामाजिक सञ्जालमार्फत् राजीनामा दिएका थिए। राजीनामाको घोषणा गरेका कडरियाले फेरि राजीनामा फिर्ता लिएर कार्यालय समेत फर्किएका थिए ।