ओली सरकारले संघीयतालाई नियन्त्रण गर्न खोज्योः सुजाता कोइराला

ओली सरकारले संघीयतालाई नियन्त्रण गर्न खोज्योः सुजाता कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकारले संघीयतालाई नियन्त्रण गर्ने खोजेको आरोप लगाएकी छन् । उनले भनिन्, ‘संघीयतालाई नियन्त्रण गर्न खोजेको महसुस हुन्छ । संघको नियन्त्रण यथावत राखेको देखिन्छ ।’

आइतबार प्रतिनिधिसभामा बजेटका सिद्धान्त र प्राथमिकतामा आफ्ना धारणा राख्दै कोइरालाले सरकारले संघीयतालाई नियन्त्रण गर्न खोजेको आरोप लगाएकी हुन् ।

कोइरालाले बजेटको प्राथमिकतामा कृषिमा पूर्वाधार तय नगरिएको बताइन् । बजेटमा राजनीतिक नेतृत्व भन्दा पनि कर्मचारी हाबी भएको कोइरालाको भनाइ थियो ।

उनले बजेट प्रभावकारी कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिइन् । कतिपय अवस्थामा बजेटका प्राथमिकतामा विगतकै निरन्तरता पाइएको कोइरालाको धारणा छ । २० लाख पर्यटक भित्र्याउन प्राथमिकता दिने कृषि उत्पापदन वृद्धि र सबै साक्षर बनाउने आधार बजेटको प्राथमिकतामा झल्केको नदेखिएको कोइरालाको भनाइ थियो ।

मझौला तथा ठूला आयोजना सम्पन्न गर्न बजेटको प्राथमिकतामा जवाफदेहिता नदेखिएको उनको भनाइ थियो । बजेटमा राजश्व वृद्धिको आकांक्षा महत्वकांक्षी रहेको पनि कोइरालाको भनाइ थियो । उनले भनिन्, ‘वित्तीय क्षेत्रका लागि राम्रा योजना देखिए तापनि आधुनिक वित्तीय कार्यक्रम राखिएको पाइँदैन ।’

उनले डिजिटल नेपालको कुरा भएका तर यसका लागि कानुन परिवर्तन, बैंकिङ सिस्टम परिवर्तन तथा पूर्वाधार निर्माणमा छलफल नै नभएका बताइन । कृषि उत्पादनलाई बजारसम्म पु‍र्याउने पूर्वाधार निर्माणमा काम नभएको कोइरालाको भनाइ थियो । त्यस्तै बाढी नियन्त्रढणको योजनमा नआएकोमा उनले असन्तुष्टि जनाइन ।

तराईका कृषकका खेतमा बाढीले ल्याएको बालुवा भरिएको तर त्यसलाई लिएर कुनै योजना प्राथमिकतामा नपरेको उनको भनाइ थियो । गुणस्तरीय शिक्षाका लागि ठूलो लगानी गर्नुपर्ने कोइरालाको भनाइ थियो । कोइरालाले मुलुकलाई समृद्धिको यात्रामा लैजाने क्रममा राजनीतिक पार्टीहरूबीच ‘सहमति, सहकार्य र एकतालाई नबिर्सिएर अगाडि बढ्नुपर्ने’ बताइन ।

बजेटको प्राथमिकतामा कृषिमा पूर्वाधार तय नगरिएको बताइन् । बजेटमा राजनीतिक नेतृत्व भन्दा पनि कर्मचारी हाबी भएको कोइरालाको भनाइ थियो ।