काठमाण्डु- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले कांग्रेसले स्थानीय तहको निर्वाचनमा गठबन्धनसहित जानुपर्ने बताएकी छिन् ।
आइतबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेकी नेतृ कोइरालाले पत्रकारहरुसँगको कुराकानीमा कांग्रेस बलियो भएको ठाउँमा एक्लै लड्ने र कमजोर भएको ठाउँमा गठबन्धन गर्ने गरि अगाडि बढ्ने बताएकी हुन् ।
‘गठबन्धन गरेर जाँदा हामीलाई धेरै नै राम्रो हुन्छ भन्ने मलाई लाग्छ । गठबन्धनकै कारणले आज कांग्रेसले प्रधानमन्त्री पाएको छ । गठबन्धनकै कारणले मुख्यमन्त्रीहरू पनि हुनुभएको छ । गठबन्धनकै कारणले हामीले राष्ट्रिय सभामा जित्न सक्यौँ ।’, उनले भनिन् ।
त्यसैगरी उनले नेपाली कांग्रेसले हालको गठबन्धनसँगको साथ छोड्नु नहुने बताइन् । नेतृ कोइरालोलाले भनिन्,‘मलाई गठबन्धन छाड्नुहुँदैन भन्ने लाग्छ । गठबन्धनको मोडेलबारे हामीले कार्यतालिका बनाउन सक्छौँ । गठबन्धन गरेरै जानुपर्छ भन्ने मेरो धारणा हो ।’




प्रतिक्रिया