कालापानी सीमा विवादको समाधान मैले गर्न सक्छुः सुजाता कोइराला

कालापानी सीमा विवादको समाधान मैले गर्न सक्छुः सुजाता कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले भारतसँगको सीमा विवाद समस्या समाधानको नेतृत्व लिन आफू तयार भएको बताएकी छन् ।

सोमबार संघीय संसदको अन्तराष्ट्रिय समितिमा बोल्दै नेतृ कोइरालाले कालापानी, लिपुलेक सहित लिम्पियाधुराका बारेमा भारतसँग वार्ता गर्नका लागि आफ्नो नेतृत्वमा वार्ता टोली गठन गर्न प्रस्ताव गरेकी हुन् ।

उनले भनिन्, ‘मलाई लाग्छ म यो समस्या समाधान गर्नसक्छु । हामीले भारतसँग सीमाको विषयमा वार्ता गर्नुपर्छ। बरु बंगलादेशसँग बन्दरगाह लिएर त्यतापट्टी पहुँच बढाउनुपर्छ ।’

उनले ६ महिना अगाडि भारतलाई कालापानी पाँच वर्षका लागि भाडामा दिनुपर्छ भनेको भएपनि अब सो प्रस्तावको औचित्य सकिएको बताइन् ।