एमालेका पोखरेलसँग सुजाता कोइराला पराजित


काठमाण्डु- मोरङ २ मा कांग्रेस नेतृ सुजाता कोइराला पराजित भएकी छन् । कोइराला नेकपा एमालेका ऋषिकेश पोखरेलसँग पराजित भएकी हुन् ।

ऋषिकेशले ३३ हजार १४८ मत पाएर विजयी हुँदा सुजाताले ३१ हजार ९४० मत पाइन् । सुजाता कांग्रेसका दिवंगत नेता तथा पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाकी छोरी हुन् ।

पोखरेल २०७० सालको संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement