सुजिता भण्डारी प्रकरणः चितवनमा अभियन्ताको लर्को, प्रहरी भन्छ– अनुसन्धानमा समस्या भयाे

सुजिता भण्डारी प्रकरणः चितवनमा अभियन्ताको लर्को, प्रहरी भन्छ– अनुसन्धानमा समस्या भयाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चितवनकी सुजिता भण्डारीको मृत्यु प्रकरणमा अभियन्ताहरुका कारण प्रहरीलाई अनुसन्धानमा समस्या उत्पन्न भएको छ । भण्डारीको संकास्पद मृत्युमा शुक्ष्म अनुसन्धान गर्नुपर्ने प्रहरी टोली अहिले आन्दोलन व्यवस्थापनमा जुट्नु परेको छ ।

काठमाण्डुस्थित त्रिवि शिक्षण अस्पतालमा गरिएको पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण नखुलेपछि झनै गहन अनुसन्धानमा जुट्नुपर्ने प्रहरी अहिले विभिन्न अभियन्ताहरुको भीड नियन्त्रणमा जुट्नु पर्ने अवस्था सिर्जना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।

‘काठमाण्डुमा फ्लेक्स प्रिन्ट गरेर पोको पारेर, यहाँ बास बसी समूह तयार पारेर अनुसन्धानमा अवरोध गरिएको छ,’ उनले भने, ‘अपराध अनुसन्धानको कुरालाई लिएर सडकमा आवागमन बन्द गराइदिने काम भएको छ। हामीलाई सूचना दिएर सहयोग गर्नुपर्ने समाज नै यसमा लगेपछि अनुसन्धानमै बाधा परिरहेको छ ।’

एसपी अधिकारीले प्रहरीले तथ्यमा आधारित भएर अनुसन्धानको निष्कर्ष निकाल्नुपर्नेमा प्रक्रियामा जानै नदिइएको बताए । साथै उनले आफूहरुले पीडित परिवारलाई भेट्न नपाएको गुनासो गरेका छन् ।

‘हामीले सुजितालाई बचाउन त सकेनौं तै पनि अनुसन्धानमा परिवारका सदस्य सन्तुष्ट छन्, बाहिर कसले के गरिरहेको छ उनीहरूलाई राम्ररी थाहासमेत छैन’ एसपी अधिकारीले भने, ‘प्रहरी र परिवारका बीचमा राम्ररी कुरा हुने माहोल अझै बनेको छैन ।’