सुजिता भण्डारी हत्या प्रकरण : आक्रोशित स्थानियद्धारा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

सुजिता भण्डारी हत्या प्रकरण : आक्रोशित स्थानियद्धारा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमण्डु – चीतवनमा आइतबार राति मृत भेटिएकी सुजिता भण्डारीको शव ल्याउन आफन्त र स्थानीयले अवरोध गरेका छन् ।

पूर्वी चितवनको राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव जंगलमा भेटिएपछि घटनास्थलबाट मुचुल्का तयारी गरी शव भरतपुर अस्पतालमा लैजाने क्रममा आफन्त र स्थानीयले अवरोध गरेका हुन् ।

ब्रम्हस्थानी सामुदायिक वनको जंगलबाट आज बिहान मुचुल्का गरी प्रहरीले शव निकालेको थियो । हराएको १० दिनसम्म पनि प्रहरीले घटनाबारे केही अनुसन्धान गर्न नसकेको भन्दै स्थानीयहरु प्रहरी प्रशासनविरुद्ध खनिएका हुन् ।

अहिले राप्ति नगरपालिका ३ स्थित राजमार्ग क्षेत्र तनावग्रस्त रहेको छ । स्थानीयहरुले ट्रक बाटोमा तेर्साएर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

असार ११ गते बिहान साथीको घर जान्छु भनेर निस्किएकी सुजिता त्यसै दिनदेखि हराएकी थिइन् । सोही दिन अपराह्न उनले दिदीलाई फोन गरेर आफू अपहरणमा परेको बताएकी थिइन् ।