काठमाण्डु– नेपालमा नेपालमा सुजुकी गाडीहरूको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (बीईभी) सुजुकी ई–भिटाराको बुकिङ खुला गरेको छ।
बुधबार पोखरामा आयोजित वाडा अटो शोमा सीजी मोटोकर्पले बुकिङ खुला गरेको हो। जापानी अटोमेकरले देशमा भित्र्याएको यो पहिलो प्रिमियम विद्युतीय कार हो।
ई–भिटाराको परिष्कृत इन्टेरियरमा डिजिटल ककपिटसहितको ट्विन–डेक फ्लोटिङ कन्सोल, नयाँ बिस्पोक स्टेयरिङ ह्वील, फिक्स्ड–ग्लास सनरुफ, र मल्टि–कलर एम्बियन्ट लाइटिङसहितको सफ्ट–टच डुअल–टोन मेटेरियल प्रयोग गरिएको छ।

जसले प्रिमियम अनुभव प्रदान गर्छ। यसमा २५.६५ सेन्टिमिटर (१०.१ इन्च) को इन्टिग्रेटेड डिजिटल डिस्प्ले र २६.०४ सेन्टिमिटर (१०.२५ इन्च) को मल्टि–इन्फर्मेसन डिस्प्ले रहेको छ।
’इन्फिनिटी बाइ हर्मन’को प्रिमियम साउन्ड र वायरलेस कनेक्टिभिटीले यो अनुभवलाई अझ उत्कृष्ट बनाउँछ।
ई–भिटारालाई पूर्णतया नयाँ ईभी प्लेटफर्ममा निर्माण गरिएको छ। यो प्लेटफर्म असाधारण मजबुती, फराकिलो केबिन, र उच्च भोल्टेज सुरक्षामा आधारित छ।
२७ सय एमएमको लामो ह्वीलबेस र ५.२ मिटरको कम्प्याक्ट टर्निङ रेडियसले गाडीलाई सजिलै मोड्न र चलाउन सहज बनाउँछ। फ्ल्याट फ्लोर डिजाइनले उच्च–क्षमताको ब्याट्री प्याकलाई सुरक्षित राख्दै केबिन स्पेस बढाएको छ।
इनोभेटिभ एडाप्टिभ ग्रिल सटरले गाडीको अवस्था अनुसार आफै काम गर्छ, जसले गर्दा यसले ५०० किलोमिटरभन्दा बढीको उत्कृष्ट रेन्ज प्रदान गर्छ।

हियरटेक्ट ई लेटफर्म ५० प्रतिशतभन्दा बढी हाई-टेन्साइल स्टिलबाट बनेको छ र यसमा इनर्जी एब्जर्बिङ ब्याट्री प्याक माउन्टिङ स्ट्रक्चरसहितको एडभान्स्ड ब्याट्री सुरक्षा प्रणाली रहेको छ। ई-भिटारामा लेभल २ एडास, स्ट्यान्डर्ड ७ एयरब्याग (ड्राइभर-साइड नी एयरब्याग सहित), इलेक्ट्रोनिक पार्किङ ब्रेक, चारै पांग्रामा डिस्क ब्रेक, ई-कलसुविधा, टायर प्रेसर मोनिटरिङ सिस्टमलगायतका सुरक्षा सुविधाहरू समावेश छन्।
बुकिङ खुलाएसँगै कम्पनीले सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकेको छ। यो विशेष सुरुवाती मूल्य सीमित अवधिका लागि मात्र उपलब्ध रहेको र सुरुवाती भेरियन्टमा लागु हुने कम्पनीले जनाएको छ।




प्रतिक्रिया