सुजुकी मोटरसाइकल खरिदमा अफरै, अफर

सुजुकी मोटरसाइकल खरिदमा अफरै, अफर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अब सुजुकी मोटरसाइकल खरिदमा अफरै, अफर पाइने भएको छ । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भिजी अटो मोबाइल्स प्रालिले ग्राहकलाई लक्षित गर्दै कोरोना विशेष स्किम ल्याउने भएको छ ।

भिजी अटो मोबाइल्स प्रालिले प्रत्येक मोटरसाइकल तथा स्कुटरको खरिदमा १५ हजार नगद छुट वा शून्य प्रतिशत ब्याजदरको स्किम ल्याएको हो । कम्पनिका अनुसार यि दुइमध्ये जुन स्किम ठिक लाग्छ त्यो छानेर लिन सकिने छ । यो स्किम साउन १ देखि ३१ गतेसम्म देशभरका सबै शाखाहरुबाट उपलब्ध हुनेछ ।

लकडाउनले पारेको आर्थिक असरलाई केही सहज होस् भन्ने उद्देश्यले नयाँ अफर ल्याएको हो । एक्सचेञ्जमा समेत यो स्किम लागू हुनेछ । सुजुकीका जिक्सर २५० सिरिज, जिक्सर १५० सिरिज, इन्ट्रुडर मोटरसाइकल छन् भने बर्गम्यान, एक्सेस तथा लेट्स स्कुटर उपलब्ध छन् ।

एक वर्षअघि मात्र नेपाली बजारमा बिक्री सुरु भएको जिक्सर भेरियन्ट मोटरसाइकल युवापुस्ताको रोजाइमा पर्छ । यस्तै सुजुकीका स्कुटर पनि रोजाइमै पर्छन् ।