सुकीलाई थप चार वर्षको जेल सजाय

सुकीलाई थप चार वर्षको जेल सजाय


काठमाण्डु – म्यानमारको सैन्य अदालतले नजरबन्दमा रहेकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई थप ४ वर्षको जेल सजाय सुनाएको छ। अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार सुकीलाई अवैधरुपमा हटलाइन सञ्चार उपकरण राखेको आरोपमा उक्त सजाय सुनाइएको हो ।

गत वर्षको फेब्रुअरीमा सेनाले नागरिक सरकारलाई हटाउँदै कू गरेको थियो। यससँगै सुकी पनि सत्ताबाट बाहिर भएकी थिइन्। सुकीलाई गत डिसेम्बरमा कोरोना महामारीको प्रतिबन्ध उल्लंघन गरेको आरोपमा ४ वर्षको जेल सजाय सुनाइएको थियो।

पछि यसलाई घटाउँदै यसलाई साढे दुई वर्षको घरमा नजरबन्दमा परिणत गरिएको थियो।