काठमाण्डु – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आवागमन बढ्न थालेको छ । कोरोना भाइरस महामारी नियन्त्रणका लागि लागू गरिएको लकडाउन हटेसंगै पर्यटककाे चहलपहल बढ्न थालेको बताइएको छ ।

महाकाली नदीको पुरानो बहाव क्षेत्र भएको कारण विकसित हुनआएका फाँटाहरू, धाप र सिमभूमि यस निकुन्जको प्रमुख विशेषता हो । निकुन्जका कारण नेपालको पश्चिमी तराईमा पाइने वन्यजन्तु तथा चराचुरुङ्गीहरूको बासस्थानको संरक्षण हुन पुगेको छ ।

यो निकुन्जको थोरै क्षेत्रफलमा धेरै पाटे बाघ, विश्वमै दुर्लभ बाह्रसिंगाको विशाल झुण्ड, त्यसैमा दुर्लभ एकसिंगे गैँडा र हात्तीको लस्कर देख्न सकिन्छ । त्यतिमात्र नभई ३०० भन्दा बढी प्रजातिका चराचुरुङ्गी, सीमसार क्षेत्र र ऐतिहासिकस्थल पनि छन् ।



फोटो : देवेश त्रिपाठी




प्रतिक्रिया