सुकुमबासीको अस्थायी व्यवस्थापनका लागि ५ केन्द्र तय

सुकुमबासीको अस्थायी व्यवस्थापनका लागि ५ केन्द्र तय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दशरथ रंगशालामा सुकुमबासीको विवरण संकलन गर्ने कार्य तीव्र रूपमा भइरहेको छ ।

शहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमबासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने तयारीस्वरूप प्रक्रिया अघि बढाइएको हो ।

बल्खु, वंशीघाट, बालाजु र शंखमुल क्षेत्रबाट शुक्रबार हटाइएका परिवारलाई ५ फरक स्थानमा राख्ने योजना बनाइएको छ । तत्कालका लागि धापाखेलस्थित टेवा कार्यालय खरिपाटीको विद्युत् तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र बनेपास्थित रेडक्रस भवनमा अस्थायी व्यवस्थापन गरिने जनाइएको छ ।

हालसम्म ७२ जना सुकुमबासीले स्वेच्छिक रूपमा रंगशालामा पुगेर आफ्नो विवरण दर्ता गराएका छन् । विवरण संकलन कार्यमा शहरी विकास तथा भवन निर्माण विभाग, काठमाण्डु उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाण्डु महानगर प्रहरीको संयुक्त टोली खटिएको छ ।

यस कदमलाई व्यवस्थापनमुखी प्रयासका रूपमा हेरिए पनि दीर्घकालीन पुनर्वासको स्पष्ट खाका भने अझै सार्वजनिक भएको छैन, जसले सुकुमबासीको भविष्यबारे थप चासो र बहस उत्पन्न गरेको छ ।