सुकुम्बासी मारिएको घटनाको निष्पक्ष छानबिन गर : नेपाल वार एशोसिएशन मानअधिकार समिति

सुकुम्बासी मारिएको घटनाको निष्पक्ष छानबिन गर : नेपाल वार एशोसिएशन मानअधिकार समिति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल वार एशोसिएशन मानवअधिकार तथा जनसरोकार समितिले रूपन्देहीको मोतिपुरमा सुकुम्बासी मारिएको घटनाको निष्पक्ष छानबिन गरी  प्रतिवेदन सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गरेको छ ।

समितिले  बुधबार प्रेस विज्ञप्ति जारी गरी कुनैपनि बहानामा सुरक्षाकर्मीको गोली लागि नागरिकको मृत्यु हुन दुखद भएको जनाउदै घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।  समितिले मृतकको परिवारलाई क्षतिपूर्ति दिन, घाइतेहरूको निशुल्क उपचार गराउन र वास्तविक घरवारविहीनलाई बसोबासको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।

एशोसिएशनका संयोजक अधिवक्ता सुनिलकुमार पोखरेलले  जारी गरेको विज्ञप्तिमा यस किसिमका घटनाहरू नदोहरिने सुनिश्चितताका लागि राज्यका तर्फबाट थप संयमता अपनाइ भिड  नियन्त्रणमा कम भन्दा कम मात्र बलको प्रयोग गरि मानवअधिकारको संरक्षण गर्न भनिएको छ ।  सोमबार बुटवलको मोतीपुरमा औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासीहरूमाथि प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो भने सुकुम्बासी र प्रहरीतर्फ गरी ६० भन्दा धेरै घाइते भएका थिए ।

No description available.