व्यापारी सुलभ अग्रवाललाई १० दिन हिरासतमा राख्न अनुमति

व्यापारी सुलभ अग्रवाललाई १० दिन हिरासतमा राख्न अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले व्यापारी सुलभ अग्रवाललाई पुनः १० दिन हिरासतमा राख्न अनुमति दिएको छ । गत चैत २५ गते कोरोना टेस्ट गर्ने इन्फारेड थर्मल गन बढी मूल्यमा विक्रि गरेको आरोपमा अग्रवाल पक्राउ परेका थिए ।

काठमाडौंको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पुनः १० दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएका हुन् ।

३ देखि ५ हजारमा पाइने कोरोना टेस्ट गर्ने इन्फारेड थर्मल गनलाई १६ हजारमा बिक्री गर्ने अग्रवाल पक्राउ परेका हुन् ।

अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय माग गरेपछि प्रशासन कार्यालयले थप दिनको अनुमति दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।