काठमाडौं – व्यापारी सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले उनलाई २५ लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको हो । उनी २५ लाख तिरेर आजै रिहा हुँदैछन् ।
उनी गत चैत २५ गते कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए । ३ देखि ५ हजारमा पाइने कोरोना टेस्ट गर्ने इन्फारेड थर्मल गनलाई १६ हजारमा बिक्री गर्ने अग्रवाल पक्राउ परेका हुन् ।




प्रतिक्रिया