सम्पत्ति शुद्धिकरण विभागबाट तारेखमा छुटे सुलभ अग्रवाल

सम्पत्ति शुद्धिकरण विभागबाट तारेखमा छुटे सुलभ अग्रवाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले तारेखमा छाडेको छ । बिहीबार नै जिल्ला अदालत काठमाडौंले अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छाडेको थियो । तर अदालत परिसरबाटै प्रहरीले उनलाई पक्राउ गरेर सम्पत्ति शुद्धीकरण विभागमा बुझाएको थियो ।

विभागले उनीसँग बयान लिएको र लकडाउनपछि अनुसन्धान गर्ने गरी तारेखमा छाडेको स्रोतले बतायो । जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक समेत रहेका अग्रवाल गत चैत २५ गते कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए।