काठमाडौं – कोरोना टेस्ट गर्ने इन्फारेड थर्मल गन बढी मूल्यमा विक्रि गर्ने जगदम्बा ग्रुपका सुलभ अग्रवाल पक्राउ परेका छन् ।
३ देखि ५ हजारमा पाइने कोरोना टेस्ट गर्ने इन्फारेड थर्मल गनलाई १६ हजारमा बिक्री गर्ने अग्रवाल पक्राउ परेका हुन् ।
एसएसपी सहकुल थापाले पक्राउ परेका अग्रवालमाथि छानबिन भइरहेको जानकारी दिए । अग्रवालले कूटनीतिक नम्बर प्लेटको गाडीमा मेडिकल उपकरण पाँच गुणा महंगोमा बिक्री गर्दै आएका थिए । उनले किर्गिस्तानको बाणिज्यदूत भएको दाबी गरिरहेका छन् ।




प्रतिक्रिया