यी हुन् अमेरिकामा कलाकारलाई सेक्स अफर गर्ने सुमन बुढामगर


काठमाडौं –कलाकार छिरिङ डोमा शेर्पा ‘जेन्निफर’ले आफुमाथी सेक्सुअल हर्यास्टमेन्ट भएको बताएकी छन् । कलाकार संघ युएसएका वर्तमान अध्यक्ष तथा ‘वल्र्ड नेपाली म्युजिक अवार्ड २०१९’ को आयोजक संस्थाका महासचिव सुमन बुढामगरले आफूलाई पटक–पटक इमोसनल ब्लकमेलिङ गर्दै सेक्सुअल हर्यास्टमेन्ट गरेको आरोप लगाएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमो स्टाटस पोष्ट गर्दै बुढामगरले अनेक थरी प्रलोभन देखाउंदै हेलिकप्टरमा मनाङ र पोखराका होटेलहरुमा बस्नको लागि समेत दवाव दिएको बताएकी छन् ।बुढामगरले ‘टप थ्री’ मा पार्ने प्रलोभनमा विभिन्न प्रस्ताव गरेको उनको स्टाटसमा उल्लेख छ ।

कलाकार छिरिङ डोमा शेर्पाको लामो स्टाटस बाहिर आएपछि ‘वर्ल्र्ड नेपाल म्युजिक अवार्ड २०१९’को आयोजना वल्र्ड कनेक्सन युएसए इन्सले एक विज्ञप्ती जारी गर्दै बुढामगरलाई अवार्ड आयोजक समितिबाट निलम्बित गरेको जनाएको छ ।

‘अवार्डसंग जोडिएर लागेको आरोपको विषयमा बुझ्न बारम्बार सम्पर्क गर्दा पनि सम्पर्कमा नआएको कारण बुढालाई निर्दाेष सावित नभएसम्मका लागि निलम्बित गरिएको छ,’ वल्र्ड कनेक्सनको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement