सुमनराज अर्याललाई मुख्यसचिव बनाउने सरकारको तयारी

सुमनराज अर्याललाई मुख्यसचिव बनाउने सरकारको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको सरकारले रक्षासचिव सुमनराज अर्याललाई मुख्यसचिव बनाउने तयारी गरेको छ । हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण आगामी मंसिर १० मा अनिवार्य अवकास पाउन लागेका छन् ।

अर्यालको ठाउंमा वरियतामा अघि रहेका रक्षासचिव अर्याललाई मुख्यसचिव बनाउने सरकारको तयारी छ । मुख्यसचिव एकनारायण अवकासको केही दिनअघि राजीनामा दिनेमा रहेको स्रोतले बतायो ।

मुख्यसचिव अर्याललाई हटाउन चर्को दबाव भएपनि प्रधानमन्त्री कार्कीले नै उनलाई सहयोग गर्न भनेपछि अर्याल पुरा कार्यकाल सकेर अवकासमा जान लागेका हुन । उनलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव नियुक्त गरेका थिए ।

मुख्यसचिव हुन लागेका रक्षासचिव अर्याल तथ्यांक सेवाका कर्मचारी हुन् । उनि २०७७ माघ ११ मा सचिवमा बढुवा भएका थिए ।

अर्याल मुख्यसचिव नभए आगामी माघमा अवकासमा जानेछन् । तर, मुख्यसचिव भएको अवस्थामा भने करिब ८ महिना कर्मचारीको सर्वोच्च पदमा रहनेछन् । अर्याल मुख्यसचिव नभएको अवस्थामा श्रमसचिव कृष्णहरि पुष्करको मुख्यसचिव बन्ने प्रवल सम्भावना छ ।

सरकारले प्रहरी महानिरीक्षकमा समेत वरियतामा अघि रहेका एआईजी दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । यता कर्मचारी प्रशासनतर्फ समेत अर्याललाई मुख्यसचिव बनाउन सहमति बनेको उच्च स्रोतले जानकारी दियो ।