शिक्षामन्त्री श्रेष्ठविरुद्ध सतर्कता केन्द्रमा विदेशको पीआर लिएको उजुरी

शिक्षामन्त्री श्रेष्ठविरुद्ध सतर्कता केन्द्रमा विदेशको पीआर लिएको उजुरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठविरुद्ध राष्ट्रिय सतर्कता केन्द्रमा विदेशको पीआर लिएको भन्दै छानबिनको लागि अनुरोध गरेर उजुरी परेको छ ।

उजुरीका आधारमा सतर्कता केन्द्रले मन्त्री श्रेष्ठलाई पत्र पठाई यथार्थ जानकारी मागेको मन्त्री श्रेष्ठले नै जानकारी दिएकी छन् । पत्र पाएपछि मन्त्री श्रेष्ठले बुधबार सामाजिक सञ्जालमा भिडियो सन्देश राखेर लेखेकी छन्, ‘म नेपालको नागरिक हुँ, कुनै अन्य देशको पीआर वा नागरिकता लिएकी छैन ।’

मन्त्री श्रेष्ठले उजुरीका बारेमा लेखेकी छन्, ‘कुन देशको पीआर वा नागरिकता भनेर पनि खुलाइएको छैन र पूर्णतः निराधार छ, तर छानबिनमा पूरा सहयोग गर्नेछु ।’