सुन तस्करी प्रकरणः आरोपीलाई थप सात दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति


काठमाण्डु- एक सय किलो सुन प्रकरण छानबिनको जिम्मा पाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पहिलोपल्ट आरोपितलाई काठमाण्डु जिल्ला अदालतमा उपस्थित गराएको छ।

छानबिन सीआईबीको जिम्मामा पुगेपछि मंगलबार काठमाण्डु जिल्ला अदालतले सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका १७ जनालाई थप सात दिन हिरासतमा राखेर छानबिन गर्न अनुमति दिएको हो।

गत ३ साउनमा त्रिभुवन विमानस्थलको भन्सारबाट जाँचपास भई बाहिरिएको अवैध एक सय किलो सु प्रकरणबारे थप छानबिनको नेतृत्व सीआईबीका प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाले पाएका छन्। राजस्व अनुसन्धान विभागले आइतबार मात्रै हालसम्म भएका छानबिनबारेका विवरण सीआईबीलाई सुम्पिएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement