काठमाण्डु- केन्द्रीय अनुसन्धान ब्युरोले ६० किलो सुन तस्करी प्रकरणमा विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ । आइतबार भण्डारीले सीआईबीमा गएर बयान दिएका हुन् ।
सीआईबीले यसअघि पक्राउ परेका बेल्जियम नागरिक दावा छिरिङसँग सम्पर्क देखिएको भन्दै उनीसँग बयान लिएको जनाइएको छ । हालसम्म सुन तस्करी प्रकरणमा ३० जना पक्राउ परेका छन् ।
हङहङबाट ब्रेक सुमा लुकाएर ल्याइएको ६० किलो ७ सय १६ ग्राम सुन गत साउन ३ मा राजश्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो ।




प्रतिक्रिया