अवैध सुनसहित त्रिभुवन विमानस्थलमा २ पक्राउ

अवैध सुनसहित त्रिभुवन विमानस्थलमा २ पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट अवैध सुनसहित दुई युवक पक्राउ परेका छन्। विमानस्थलको कार पार्किङ एरियाबाट बिदेशबाट आगमन भएका यात्रुहरुलाई भंसार छली गर्न लगाई अवैध रुपमा सुन संकलन गरी लैजान लागेका २ जनालाई २ सय ४९ ग्राम सुनका बाला सहित मंगलबार प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा सिरहा कल्याणपुर नगरपालिका९३ बस्ने सन्तोष कुमार चौधरी र सिरहा अर्नमा गाउँपालिका९५ घर भएका रामबृक्ष यादव रहेका छन्।

चौधरीलाई १ सय ४९ ग्रामको ३ थान बाला सहित र यादवलाई १ सय ग्रामको २ थान बाला सहित प्रहरीले पक्राउ गरेको हो। उनीहरुमाथि विमानस्थलस्थित भन्सार कार्यालयले थप कारबाही अघि बढाएको छ। बरामद सुनको मूल्य करिब १२ लाख रुपैयाँ छ।