सुनाकोठीबाट ३० लाख रुपैयाँसहित १७ जना जुवाडे पक्राउ

सुनाकोठीबाट ३० लाख रुपैयाँसहित १७ जना जुवाडे पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले ललितपुरको सुनाकोठीबाट ३० लाख रुपैयाँसहित १७ जना जुवाडेलाई पक्राउ गरेको छ ।

शनिबार साँझ प्रहरीले ललितपुर–२६ सुनाकोठीस्थित अजय महर्जनको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

ललितपुर प्रहरी परिसर का प्रवक्ता प्रजव्वल महर्जनका अनुसार प्रहरी निरीक्षकसहितको टोलीले ३० लाख ८४ हजार ४ सय रुपैयाँसहित जुवाडेहरूलाई पक्राउ गरेको हो ।

उनका अनुसार महर्जनको घरको दोस्रो तलामा जुवा खेलिरहेका भन्ने विशेष सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट प्रहरीले १९ बुक तास, १६ थान कौडा, तास खेल्दा प्रयोग हुने क्यारेमको गोटी ५ थान र सिमीको दाना १५० थान बरामद गरेको छ ।

पक्राउ पर्नेमा रामबहादुर लामा, प्रकाश भण्डारी, लवकुमार बस्नेत, राकेश महर्जन, दिनेश पुडासैनी, हिटलर श्रेष्ठ, अनिल महर्जन, श्रीकृष्ण खड्का, तुलसीराम महर्जन, सानुकान्छा महर्जन, पूर्ण श्रेष्ठ, विनोदप्रसाद घिमिरे, पूर्णमान माली, सानुकान्छा बस्नेत, राम खत्री, विनोद महर्जन र चिरिकाजी महर्जन रहेका छन् ।