काठमाण्डु – रामेछापको सुनापति गाउँपालिकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट प्रशासकीय भवनको उद्घाटन हुने अवसरमा सार्वजनिक बिदा दिएको छ ।
मंगलबार एक सूचना प्रकाशित गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदीले भवन उद्घाटनको अवसरमा पुस १९ गते बिदा दिइएको जानकारी दिए ।
सूचनामा लेखिएको छ, ‘गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्था, शिक्षण संस्था लगायत गाउँपालिका क्षेत्रभित्रका बैंक, वित्तीय संस्थाहरूमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
प्रतिक्रिया